Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठ पूजा गरेका छन्।

बिहीबार दिउँसो राष्ट्रपति पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गरेका हुन्।

देशका विभिन्न स्थानमा आज हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी छठपर्व मनाइँदै छ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ।

छठपूजाका लागि काठमाडौंका नदी छेउहरूमा सफा गरी छठघाट बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077