Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तीन चिकित्सक प्रहरी नियन्त्रणमा

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तीन चिकित्सक प्रहरी नियन्त्रणमा

बिहिवार , कार्तिक २२, २०८१

डोटी । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।

बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हो।

स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पताल तोडफोडमा उत्रिएका छन् ।

प्रहरीले चिकित्सकहरु डा.राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077