Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी कार्यालयको सिसिटिभीको कन्ट्रोल व्यक्तिको मोबाइलमा

प्रहरी कार्यालयको सिसिटिभीको कन्ट्रोल व्यक्तिको मोबाइलमा

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । प्रहरी कार्यालयको सिसिटिभी क्यामराको कन्ट्रोल एक व्यक्तिले आफ्नो मोबाइलबाट गर्दै आएको खुलेको छ ।

काठमाडौंको प्रहरी वृत्त स्वयम्भूमा रहेको सिसिटिभी क्यामेराको कन्ट्रोल एक व्यक्तिले आफुले राखेका हुन् ।

गोरखा फुजेलका गोकुल अधिकारीले यसरी प्रहरीलाई नै झुक्याएका हुन् । उनलाई स्वयम्भु वृत्तले हालै पक्राउ गरेको हो।

अधिकारी आइटीसम्बन्धि काम गर्ने व्यक्ति हुन् । स्वयम्भु वृत्तमा सिसिक्यामेरा जडान गर्दा उनी पनि संलग्न थिए ।

त्यसक्रममा त्यसको कन्ट्रोल सिष्टम आफ्नो मोबाइलमा जडान गरी भिडियो हेर्दै आएका थिए ।

स्थानीय मदिरा पसले गणेश ढकाललाई समेत उनले प्रहरी कार्यालयका सिसिक्यामेरा फुटेज देखाउने गर्दथे ।

पछि रक्सीको पैसा नतिरेपछि ढकालसँग उनको विवाद भयो । ढकालले नै प्रहरीलाई खबर गरी पक्राउ गराएका हुन्।

यो घटनाले सूचनाप्रविधिमा प्रहरी कति कमजोर छ भन्ने उदांगो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077