Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नवनियुक्त इजरायली राजदूतको स्वागत

नवनियुक्त इजरायली राजदूतको स्वागत

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतमले स्वागत गरेका हुन्।

उनलाई स्वागत गर्न नेपालस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबर पनि पुगेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077