Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई उजागर गर्न राष्ट्रपतिलाई सांसदको आग्रह

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई उजागर गर्न राष्ट्रपतिलाई सांसदको आग्रह

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोप २९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई उजागर गर्न आग्रह गरेका छन् ।

नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदहरु एक समूहबाट कोप २९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको अनुरोध पत्र बुझ्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको समेत उपस्थितिमा सांसदहरूले आगामी जलवायु परिवर्तन सम्मेलन (कोप २९) मा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य धारणा र मुद्दाबारे पत्र हस्तान्तरण गरेका थिए ।

राष्ट्रिपतिलाई बुझाइएको अनुरोध पत्रमा नेपालले जलवायु परिवर्तनबाट खेप्नु परेको भयावह अवस्थामा हानि नोक्सानी कोषको पहुँचलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

जवाफमा राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा सुझावपत्रमा उल्लेखित विषयलाई समेट्न प्रयास गर्ने बताए ।

अनुरोधपत्र लिएर प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एमाले सचेतक सुनीता बराल, सांसद सापकोटा, प्रतिमा गौतम र सरस्वती सुब्बा लगायत शीतल निवास पुगेका थिए ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077