Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

बुधवार , कार्तिक २१, २०८१

भरतपुर । चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077