Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जुवाको खालबाट ९ लाख नगदसहित १५ जना पक्राउ

जुवाको खालबाट ९ लाख नगदसहित १५ जना पक्राउ

आइतवार , कार्तिक १८, २०८१

सुनसरी । जुवा खेलिरहेको अवस्थामा सुनसरीबाट १५ जना पक्राउ परेका छन्।

बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु।नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ।

अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077