Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

आइतवार , कार्तिक १८, २०८१

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको हो ।

तनहुँ प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका घर भई हाल व्यास नगरपालिका–२ दमौलीमा बस्दै आएका २२ वर्षीय सुमित साह रहेका छन् ।

उनले चलाएको बाग्मती प्रदेश २–०२–००३९९४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा साहको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक सडकदेखि करिब १५ मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077