Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालगोपालेश्वर मन्दिरमा सुरू भयो भाइटीका

बालगोपालेश्वर मन्दिरमा सुरू भयो भाइटीका

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले भाइटीका लगाएका छन् ।

भाइटीकाको साइत बिहान ११:३७ बजे भएपनि बालगोपालेश्वरमा भने बिहानैदेखि भाइटीका लगाउन सुरू भएको हो।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर भाइटीकाको दिनमात्रै खुल्छ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

बिहानैदेखि भाइटीका लगाउन सुरू भएको बालगोपालेश्वरमा भाइटीका लगाउनेको भिड छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077