Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अरिङ्गालले टोक्दा दिदीभाइको मृत्यु

अरिङ्गालले टोक्दा दिदीभाइको मृत्यु

आइतवार , कार्तिक १८, २०८१

बझाङ । अरिङ्गालले टोकेर बझाङमा दिदी भाइको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो।उनीहरु दिदीभाइ हुन् ।

अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए ।

अरिङ्गालले टोक्दा सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा सख्त घाइते भएका छन्।

उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ। शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077