Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कार दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

कार दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

आइतवार , कार्तिक १८, २०८१

कपिलवस्तु । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटा रहेका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार उनीहरु भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए ।

उनीहरु सवार कार भारतको बलरामपुरमा एक बससँग ठोक्किएको थियो ।

कारमा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077