Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महोत्तरीमा तरबार प्रहारबाट एक जना घाइते

महोत्तरीमा तरबार प्रहारबाट एक जना घाइते

शनिवार , कार्तिक १७, २०८१

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहको आक्रमणबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा भंगहा नगरपालिका -४ रामनगरविर्ताका ४५ वर्षीय रामबाबु महतो छन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे उनीमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।

तरबारको आक्रमाणले शरीरको दुई ठाउमा घाउ लागेको छ । उनी स्थानीय चिया पसले हुन् ।

चिया पसल खोलिरहेको बेला अचानक उनीमाथि आक्रमण भएको थियो।

घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ ।

मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077