Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चौरपाटीका युवक मृत्यु प्रकरण : बस व्यवसायी संघसँग मिलेन कुरा, आफन्तले बुझेनन् शव !

चौरपाटीका युवक मृत्यु प्रकरण : बस व्यवसायी संघसँग मिलेन कुरा, आफन्तले बुझेनन् शव !

शुक्रवार , कार्तिक १६, २०८१

कैलाली । कैलालीमा बसबाट लडेर मृत्यु भएका ज्ञानु साउँदको शव आफन्तले बुझेका छैनन् ।

बिहीबार बिहान अछामको चौरपाटी गाउँपालिका–१ का १७ वर्षीय साउँदको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा बसबाट लडेर मृत्यु भएको थियो ।

तर उनका आफन्तले बस चालकको लापरबाहीका कारण ज्ञानुको मृत्यु भएको भन्दै शव बुझ्न नमानेका हुन् ।

मृतक साउँदका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै शुक्रबार कर्णाली रिभर यातायात बस व्यावसायी संघसँग छलफल गरेको बताइएको छ । तर सो समिति मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन तयार नभएको बताइएको छ ।

बिहीबार अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक साउँद गम्भीर घाइते भएका थिए ।

तर उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो । उनको शव अस्पतालमै रहेको छ भने आफन्तले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077