Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गैरकानुनी रुपमा सवारी कर नउठाउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

    गैरकानुनी रुपमा सवारी कर नउठाउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 504
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले स्थानिय तहहरूले गैरकानुनी रूपमा सडकमा कर उठाएको भन्दै रोक्न निर्देशन दिएको छ ।

    मन्त्रालयले देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो।



    यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।



    गृह मन्त्रालयले भनेको छ,’भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था शाखाको यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्गरसहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा मन्त्रिपरिषद्को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरुले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयरनिकायहरुमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ।’

    यसअघि यातायात व्यवसायीहरुले अवैध रुपमा कर लिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराएका थिए ।

    नेपाल यायातायत व्यवसायी राष्ट्रिय महासंघले यही कात्तिक ८ गते यातायात मन्त्रालयलाई स्थानइि सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएको थियो ।

    सोही पत्रका आधारमा मन्त्रालयले यही कात्तिक ११ गते गृहमन्त्रालयलाई पत्राचार गरेकोमा कात्तिक १२ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरु पत्राचार गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार