Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भक्तपुरका नेवार समुदायले भोलि भाइटीका मनाउँदै

    भक्तपुरका नेवार समुदायले भोलि भाइटीका मनाउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 213
    SHARES

    काठमाडौं । भक्तपुरका नेवार समुदायले भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउन लागेका हुन् ।



    भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ ।



    त्यसलै भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही अनुसार म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने लागेका हुन् ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ ।

    आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।

    कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकैदिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार