Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रवार , कार्तिक १६, २०८१

सर्लाही । सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

त्यसपछि उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077