Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अछाममा जीप दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

अछाममा जीप दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

बिहिवार , कार्तिक १५, २०८१

अछाम । अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटस्थित मध्य-पहाडी लोकमार्गमा जीप दुर्घटना भएको छ ।

बयालपाटाबाट बाजुरा तर्फ जाँदै गरेको लु १ ज ४७११ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर सडकको नालामा बिहीबार दिउँसो पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जीपमा चालकसहित ६ जना सवार थिए, जस मध्ये तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये बाजुराको त्रिबेणी नगरपालिका-६ निवासी १९ वर्षीया नन्दा बुढाको टाउको र मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै अन्य दुई जना घाइतेहरूमा बुढीगंगा नगरपालिका-४ निवासी २७ वर्षीय राजेन्द्र लुहार र निजका ६ वर्षीय छोरा सक्षम लुहार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेहरूलाई उपचारको लागि बयालपाटास्थित न्याय हेल्थ अस्पतालमा पठाइएको छ । सडकमा अवरोध नभएको र दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको डीएसपी भण्डारीले बताए ।

सो जीप बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ का २३ वर्षीय रोहित रावतले चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077