Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बसबाट लडेर अछामको चौरपाटीका साउँदको कैलालीमा मृत्यु

बसबाट लडेर अछामको चौरपाटीका साउँदको कैलालीमा मृत्यु

बिहिवार , कार्तिक १५, २०८१

कैलाली । कैलालीमा बसबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका–१ का ज्ञानु साउँद रहेका छन् ।

कैलाली प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक साउँद गम्भीर घाइते भएका थिए ।

तर उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077