काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा सकेसम्म धेरै विद्युत् प्रयोग गर्न आग्रह गरेका छन् ।
तिहारमा लोडसेडिङ नहुने भन्दै निर्देशक घिसिङले धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका हुन्।
निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए ।
कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने निर्देशक घिसिङले प्रष्ट पारे ।
यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको निर्देशक घिसिङले बताए ।
उनले तिहारमा विद्युत् निर्यात समेत गर्न सकिने अवस्था रहेको बताए।
Leave a Reply