Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालीका लागि प्रेरणाको स्रोत हुन् : प्रधानमन्त्री ओली

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालीका लागि प्रेरणाको स्रोत हुन् : प्रधानमन्त्री ओली

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

महाकविप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, 'आज देवकोटा जयन्ती, हार्दिक श्रद्धा, हार्दिक सम्मान महाकवि देवकोटा, तपाईँलाई सधैँ सधैँ सम्झिरहने छौँ ।'

प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरे ।

उनले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077