Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सङ्खुवासभामा टिप्पर दुर्घटना हुँदा दुई भारतीयको मृत्यु

सङ्खुवासभामा टिप्पर दुर्घटना हुँदा दुई भारतीयको मृत्यु

बिहिवार , कार्तिक १५, २०८१

सङ्खुवासभा। सङ्खुवासभाको दोभानमा टिप्पर दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको हो।

मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेका छन्।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077