Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बंगलादेशले अग्रता लिएको चार मिनेटमै नेपालले फर्कायो गोल

बंगलादेशले अग्रता लिएको चार मिनेटमै नेपालले फर्कायो गोल

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बंगलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको छ ।

खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बंगलादेशका मोनिका चक्माले गोल गरेकी थिइन् ।

त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काइन् ।

प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक र बंगलादेश लगातार दोस्रोपटक फाइनल प्रवेश गरेका हुन् ।

नेपाल र बंगलादेशबीचको महिला साफ च्याम्पियनसीपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077