काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमन यसपटक ठप्प जस्तै भएको छ । बजार अनुगमनको अधिकार पाएको बाणिज्य विभागको नेतृत्वको शिथिलका कारण अनुमगन ठप्प हुन पुगेको हो ।
असोज दोस्रो साता आएको अविरल वर्षाका कारण उपत्यकाका छिर्ने नाका ठप्प हुन पुगेपछि अचाकाली महंगी बढ्न पुगेको थियो ।
एक हप्तामै सबै नाकाहरु खुलाइए पनि मूल्यवृद्धि अचाक्ली बढ्ने क्रम रोकिएको छैन । ढुवानी च्यानल बन्द हुँदा जुन बजार मूल्य थियो अहिले पनि त्यस्तै त्यस्तै हाराहारीमा उपत्यकाका उपभोक्ताहरुले सामान खरिद गर्नु पर्ने बाध्यता छ ।
विगतमा चाड पर्वका बेला सक्रिय हुने उद्योग बाणिज्य मन्त्रालय, बाणिज्य विभाग, उद्योग बाणिज्य हेर्ने संसदीय समिति र उपभोक्तावादी संघ संस्थाहरु यस पटक पूरै निश्क्रिय देखिएका छन् ।
यो हुनुको पछाडि उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र तस्करीको संरक्षण गरेको आरोप खेपिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अघोषित सेटिङ नै हो ।
खाद्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेको सरकारले चाड पर्वका बेला अधिक रुपमा उपभोक्ताले प्रयोग गर्ने चिनी, खाने तेल, मर मसाला, खाद्यान्न, फलफुल लगायतका सामग्रीको मूल्य अचाक्ली बढेको छ ।
ट्रेडिङ व्यवसायमा अधिकांश वीरगञ्जका व्यापारीहरु छन् । त्यसमा संघीय मामिला मन्त्री गुप्ताको पनि संलग्नता रहेको छ भन्नेहरु बजारमा प्रशस्तै भेटिन्छन् ।
उनको निर्वाचन क्षेत्र पनि पर्सा, वीरगञ्ज हुनु, विगतको पृष्ठभूमि पनि तस्करीमै संलग्न रहेका गुप्ताले यस कार्यमा संलग्न व्यवसायीहरुलाई संरक्षण गर्नका लागि मुख्य भूमिका खेलेका छन् ।
बाणिज्य मन्त्रि एमाले हुुनुको फाइदा यस पटक गुप्ताले राम्रैसँग उठाएका छन् । ट्रेडिङका ठूला व्यापारीहरुनै उपत्यकाका मुख्य आयात कर्ता हुन् ।
तिनीहरुले ल्याएको सामान जतिसुकै मूल्यमा बिक्री वितरण गरे पनि अनुगमन नगर्ने सम्झौता जस्तै गुप्ता र भण्डारीबीच समझदारी भएको छ । श्रोत भन्छ, सामान्य प्रशासन मन्त्रालय र भैसेपाटीस्थित मन्त्री क्वार्टर पछिल्ला दिन तस्कर र व्यापारीहरुको अखडा जस्तै बन्न पुगेको छ ।
आफ्नै बगलमा बसोबार गर्ने मन्त्री भण्डारी र गुप्ताको रातमा भेटघाट बाक्लिनुमा सेटिङ र हिसाव किताव मिलान नै भएको श्रोतको दाबी छ ।
एक व्यापारीका अनुसार, साझा विदेशी रक्सीको चुस्कीमा अनुगमन नगर्ने सहमति भएका कारण दशैं र तिहारमा तस्करी र महंगी अचकाली मौलाएको बताइन्छ ।
अझ मन्त्री गुप्ताले त बाणिज्य विभागका महानिर्देशक रमेश पौडेललाई कार्यकक्ष र बाहिर पटक पटक भेटेर अनुगमन नगर्न र सो कार्य नगरेबापत आर्थिक प्रलोभनसँगै विभागको महानिर्देशकमा टिकाइराख्ने आश्वासन दिँएका छन् ।
सोही कारण महानिर्देशक पौडेलले पनि आफ्नो संयन्त्रलाई स–साना किराना पसल र कस्मेटिक पसलतिर अनुमगनका नाममा खटाउने गरेका छन् ।
महंगी र कालोबजार रोक्नका लागि ठूला गोदामहरुमा अनुगमन गरी छापा हान्ने काम विगतमा हुने गरेकोमा यस पटक शुन्य जस्तै छ । उद्योग बाणिज्य समितिका सभापति अब्दुल खानलाई पनि यी तस्करमार्फत् मन्त्री गुप्ताले सेटिङ गर्न भ्याइसकेका छन् ।
जसका कारण पछिल्ला दिनमा खानले संसदीय समितिको बैठक राखेर बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिने काम नगरेको बताइन्छ ।
त्यसैगरी उपभोक्त वादी संघ संस्था भन्नेहरुसँग पनि तस्करहरुको राम्रै उठबस भएको बताइन्छ ।
विगतमा सामान्य अवस्था हुँदा पनि चिच्याउँदै आएका आफूलाई २४ क्यारेटको काँग्रेस हुँ भन्ने बताउने प्रेमलाल महर्जन, एमाले निटक ज्योति बानिया र माधव तिम्सिना लगायतले नेतृत्व गरेको उपभोक्तावादी संघ संस्थाहरु पनि तस्करहरुको बिटोले मुख थुनिदिँदा मौन छन् ।
पछिल्ला दिनमा मन्त्री र तस्करसँग सेटिङ भएपछि बजार अनुगमनको कार्ययोजना बनाउनका लागि बाणिज्य विभागले आयोजना गर्ने बैठक उनीहरुले बहिष्कार गर्नुले पनि सो कुरालाई पुष्टि गर्दछ ।
विभागीय मन्त्री, महानिर्देशक, संसदीय समितिका सभापति र उपभोक्तावादी संघ संस्थाको नेतृत्वको कार्यशैली अहिले तस्करहरुका लागि स्वर्ण काल बनेर आएको छ ।
Leave a Reply