Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बेल्जियमको राजदूतका लागि सेवा लम्सालको नाम सुनुवाइ समितिबाट अनुमोदन

बेल्जियमको राजदूतका लागि सेवा लम्सालको नाम सुनुवाइ समितिबाट अनुमोदन

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको छ।

बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने विषयमा सुनुवाई गरेको थियो।

उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077