Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामै १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो सुनको मूल्य

तोलामै १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो सुनको मूल्य

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख७० हजार ७०० रुपैयाँ कायम भएको हो।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077