काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो ।
एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यो दिनसम्म मागअनुसारको आवेदन नपरेमा कम्पनीको एफपीओमा आवेदन दिने अवधि २६ गतेसम्म थप गरिनेछ ।
कम्पनीको एफपीओमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिट (सीडीएससी) ले तयार गरेको मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
Leave a Reply