Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुनको मूल्यमा फेरि नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा फेरि नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 210
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



    आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ।



    यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात रूपैयाँ बढी हो। यस्तै शुक्रबार भने एक लाख ६६ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

    शुक्रबारको तुलनामा आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

    यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    शुक्रबार चाँदी प्रतितोला दुई हजार ७० रूपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार