Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • दशैंमा मामाघर आएका एक जना होटेलमा मृत भेटिए

    दशैंमा मामाघर आएका एक जना होटेलमा मृत भेटिए

    अनलाइन नेपाल
  • शनिबार, ३ कार्तिक २०८१
  • 141
    SHARES

    फाइल तस्विर

    हेटौंडा । दशैंमा आफन्तको घरमा आएका जना व्यक्ति होटेलमा मृत भेटिएका छन् ।

    काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा मृत फेला परेका हुन् ।



    मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    प्रहरीकाअनुसार उनी दशैंमा टीका लगाउन हेटौंडास्थित मामाघर आएका थिए । मानन्धर यसअघि पनि हेटौंडा आवतजावत गरिरहँदा सोही होटेलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    शुक्रबार साथीहरुले फोन गर्दा नउठाएपछि होटेलको ढोका खोलेर हेर्दा मानन्धर मृत अवस्थामा फेला परेका थिए । मृतक अजयको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार