Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

दशैंमा मामाघर आएका एक जना होटेलमा मृत भेटिए

दशैंमा मामाघर आएका एक जना होटेलमा मृत भेटिए

शनिवार , कार्तिक ३, २०८१

हेटौंडा । दशैंमा आफन्तको घरमा आएका जना व्यक्ति होटेलमा मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा मृत फेला परेका हुन् ।

मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार उनी दशैंमा टीका लगाउन हेटौंडास्थित मामाघर आएका थिए । मानन्धर यसअघि पनि हेटौंडा आवतजावत गरिरहँदा सोही होटेलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शुक्रबार साथीहरुले फोन गर्दा नउठाएपछि होटेलको ढोका खोलेर हेर्दा मानन्धर मृत अवस्थामा फेला परेका थिए । मृतक अजयको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077