Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा २ हजार बढ्यो

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा २ हजार बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ कार्तिक २०८१
  • 264
    SHARES

    काठमाडौं । नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन आज तोलामा २ हजार रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।



    बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।



    त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार