Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ठूला ब्यापारीको दबाबमा भारतबाट २ लाख टन गहुँ आयात गर्दै सरकार

ठूला ब्यापारीको दबाबमा भारतबाट २ लाख टन गहुँ आयात गर्दै सरकार

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । मैदा, चाउचाउ र बिस्कुट उत्पादक व्यवसायीले गहुँ आयात गरी आपूर्ति बढाउन दबाब दिएपछि सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ ।

बजारमा गहुँको अभाव हुँदा मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ आयातको प्रक्रिया थालेको जनाएको छ ।

गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालिएको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए ।

नेपालमा गहुँ निर्यात गर्न गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनले बताएका छन् ।

मैदा व्यवसायीले गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरिरहेका छन् ।

व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयले आग्रह गरेको छ । बजारमा कृतिम अभाव श्रृजना गरी मुल्यवृद्धि गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने मन्त्रालयको चेतावनी छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मूल्यवृद्धि भएकाले मैदाको मूल्य बढाउन बाध्य भएतापनि चाडपर्वका बेला मूल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए ।

व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन आग्रह गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077