Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२ अंकले नेप्से बढ्दा ७ अर्ब १९ करोडको कारोबार

२ अंकले नेप्से बढ्दा ७ अर्ब १९ करोडको कारोबार

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो। आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ७ अर्ब माथिको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ४३ अंकले बढेको सेयर बजारमा ५ अर्बमाथिको कारोबार भएको थियो।

यसदिन ३१६ स्क्रिप्सको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएका ८९ स्टक्सको मूल्य बढ्दा १४२ वटाको मूल्य घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।

यसदिन ७ समूहको सूचक बढ्दा अन्य ६ समूहको उपसूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077