Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपाल वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड

    नेपाल वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 102
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ।

    निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको असोज महिनासम्मको किस्ता बुझाएको हो ।



    अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो।



    लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ता बापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको नेपाल वायुसेवा निगमले विज्ञप्तिमार्फत जनाएको छ।

    निगमले समीक्षा अवधिसम्ममा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।

    विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार