Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • बिहीबार बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    बिहीबार बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 54
    SHARES

    काठमाडौँ । बिहीबार राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि राष्ट्र बैंकले सो रुपैयाँ झिक्न लागेको हो ।

    वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले उक्त रकम झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।



    निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।



    तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार