Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिहीबार बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बिहीबार बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बुधवार , आश्विन ३०, २०८१

काठमाडौँ । बिहीबार राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि राष्ट्र बैंकले सो रुपैयाँ झिक्न लागेको हो ।

वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले उक्त रकम झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077