Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, ३० असोज २०८१
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बाजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो।



    यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो ।



    अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार