Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

    निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 195
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।



    मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको मूल्य १४८.५० रुपैयाँ कायम भएको छ ।



    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार