Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • दशैं बिदापछिको पहिलो कारोबार दिन आज ३१ अंकले बढ्यो नेप्से

    दशैं बिदापछिको पहिलो कारोबार दिन आज ३१ अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, २९ असोज २०८१
  • 81
    SHARES

    काठमाडौं। दशैं बिदापछिको पहिरो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

    नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको हो।



    यसदिन ३०७ स्क्रिप्सको ६५ हजार १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।



    दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

    नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०/१० करोड बराबरको सेयर कारोबार भयो।

    फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो। कारोबारमा आएका २०५ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार