Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाढीपहिरो पीडितका लागि विश्व बैंकले २० अर्ब ऋण दिने

बाढीपहिरो पीडितका लागि विश्व बैंकले २० अर्ब ऋण दिने

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । विश्व बैंकले बाढीपहिरो पीडितका लागि करिब २० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।

बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकले विज्ञप्तिमा उल्लेख छ ।

बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ ।

विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077