Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, २३ असोज २०८१
  • 345
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो ।



    अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ । मंगलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।



    आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार