काठमाडौं । सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेर नयाँ व्यवस्था गरेको हो।
यसअघि प्रवाह भएको कर्जामा सीमाभन्दा बढी लगानी भएको भए २०८३ असार मसान्तसम्म यस्तो सीमामा ल्याइसक्नु पर्नेछ ।
Leave a Reply