Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज २७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

आज २७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको हो।

यसदिन ३०० कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो।

मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ ।

त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077