Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 198
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

    सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।



    सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार