Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने

    नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा उडान गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 132
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने भएको छ ।

    सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो ।



    काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।



    आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज निस्शुल्क बोक्ने समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

    सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार