Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

३७ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको कारोबार

३७ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको कारोबार

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ।

आज नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको हो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भए । सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ।

यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये यसदिन वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077