Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • ३७ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको कारोबार

    ३७ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 111
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक ३७.१३ अंकले बढेको छ।

    आज नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको हो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।



    अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भयो । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।



    आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच भए । सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ।

    यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये यसदिन वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार