Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

५६ अंकले नेप्से बढ्दा ६ अर्ब १३ करोडको कारोबार

५६ अंकले नेप्से बढ्दा ६ अर्ब १३ करोडको कारोबार

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेर बन्द भएको छ।

साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा अडिएको हो।

यसदिन ३०८ स्क्रिप्सको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँमा खरिदबिक्री भयो।

उच्च अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा साहास ऊर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड ८३ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड मूल्य बराबरको कारोबार हुँदा नेपाल फाइनान्स र गडविल फाइनान्सले १५/१५ करोड र एसियन लाइफ इन्स्योरेन्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।कारोबारमा आएका २१९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077