Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धर्मशाला व्यवस्थापनको जिम्मा पशुपति विकास कोषलाई दिने निर्णय

धर्मशाला व्यवस्थापनको जिम्मा पशुपति विकास कोषलाई दिने निर्णय

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा आइतबार बसेको पशुपति विकास कोष सञ्चालक परिषद्‌को बैठकले उक्त निर्णय गरेको हो ।

परिषद्‌को बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ।

यसअघि उक्त धर्मशाला लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गरिरहेको आरोप लागेको थियो।

बैठकमा परिषद् सदस्य काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077