Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ललितपुरमा एक पुरूषको शव फेला, बाढीले बगाएर ल्याएको आशंका

ललितपुरमा एक पुरूषको शव फेला, बाढीले बगाएर ल्याएको आशंका

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । ललितपुरमा एक जनाको शव भेटिएको छ।

ललितपुर महानगरपालिका-१८ हार्मोनी कोलनी सि ब्लक नजिकै एक पुरूषको शव भेटिएको हो।

आइतबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

शव पाटन अस्पताल पठाईएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077