Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।

शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।

संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077