Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

    नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 114
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्ने भएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउन लागेका हुन् ।



    शपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।



    संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

    संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार