Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वर्षातमा बिग्रिएका चौरपाटीका ग्रामीण सडक खुलाउन फिल्डमा खटिए अध्यक्ष साउँद

वर्षातमा बिग्रिएका चौरपाटीका ग्रामीण सडक खुलाउन फिल्डमा खटिए अध्यक्ष साउँद

आइतवार , आश्विन २०, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकाले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडकहरु खुलाएको छ ।

दशैँ मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि पालिकाले विभिन्न वडाका सडक मर्मत गरेको हो । वर्षाले अवरुद्ध भएका ग्रामीणमा नियमित यातायातका साधन सञ्चालन गर्ने गरी मर्मत भएका गाउँपालिकाले जनाएको छ ।

सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आएका छन् । शनिबार वडा नम्बर ६ को चौखुट्टे-दुनि-पातल सडक पनि खुलाइएको पालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।

विभिन्न वडाका सडक खुलाउन अध्यक्ष साउँद आफै खटिएका थिए । पालिकाले आफ्नै जेसिवी प्रयोग गरेर पालिकाभित्रका सम्पूर्ण सडकहरुलाई सञ्चालनमा ल्याएको हो ।

चाडपर्व मान्न गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडकहरु तत्काल खुलाइएको बताइएको छ । वर्षापछि ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077