Online Nepal
  • आइतबार, २० असोज २०८१
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 108
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ ।

    राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ छ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।



    युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०७ पैसा तोकेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार