Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दाउन्ने सडक खण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दाउन्ने सडक खण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

शनिवार , आश्विन १९, २०८१

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुनसकेको थिएन । सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077